घरको छतबाट खसेर एक जनाको मृत्यु

महेन्द्रनगर । बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका ३ गिरीबगड बस्ने ४९ वर्षीय धनी लुहारको घरको छतबाट लडेर बुधबार राति मृत्यु भएको हो।

डिलासैनी गाउँपालिका ३ बगडी आफ्नो बहिनी धनमती लुहारको घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा समाचार