मोटरसाइकल दुर्घटना हुँदा ४२ वर्षीय एक जनाको मुत्यु

महेन्द्रनगर । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ताले जानकारी दिएक छन्।

सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएर दुर्घटना परेको थियो ।

घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार