कञ्चनपुरमा साथीको घरमा सुत्न गएका युवा मृत फेला

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासी बस्ने तारा दत्त भट्टको घरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिका–२ भासीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका प्रहरीले बताएको हो।

भट्ट र चौधरी साथी भएको र राति सँगै सुतेको शाहले बताए। ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘पोष्टमार्टम रिर्पोट आएपछि मृत्युको कारण पत्ता लाग्छ।’

ताजा समाचार