दोलखा प्रतिनिधि सभा माओवादि नेता कार्की विजयी

महेन्द्रनगर । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाएपनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो ।

ताजा समाचार