कञ्चनपुर महाकाली नदीमा पुरुषको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा एक जना पुरुषको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका–९ को बन समिति भुमरीघाटस्थित महाकाली नदीको किनारमा डडेल्धुराको परशुराम नगरपालिका–६ का ४९ वर्षीय गोरे धामीको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीले मंसिर १५ गते परशुराम नगरपालिकाको सिसिम झाला घाटबाट बेपत्ता भएका धामीको शव मंगलबार साँझ नदीमा भेटिएको जानकारी दिए ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

ताजा समाचार