सामाजिक विकास मन्त्रालयद्वारा प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन

महेन्द्रनगर । कञ्चनपुर दोधारा चाँदनी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक विकास मन्त्रालयद्धारा अनुगमन गरिएको छ ।

बिहीबार केहि औषधी सहित सामाजिक विकास मन्त्रालयका सचीव दिपक लामीछाने सहितको टोलीले स्वास्थ्य केन्द्रको अनुगमन गरेका हुन ।

दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले स्वास्थ्य सेवा सुधारका लागी मन्त्रालयमा अनरोध गरेपछी सामाजिक विकास मन्त्रालयका सचीव दिपक लामीछानेले स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।

स्वास्थ्य आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. निरज आर्याल तथा आयुर्वेद शाखा प्रमुख डा.चेतराज जोशी सहीतको टोली संगै दोधारा चादनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमनमा पुगेका हुन ।सचीव लामीछानेले जनसंख्या र भुगोलको हिसावले ठुलो नगरपालिका भएकाले यहाँको स्वास्थ्य सुधारका लागी आवश्यक जनशक्ती, स्वास्थ्य उपकरण, औषधी लगायतको सहयोगको लागी सामाजिक विकास मन्त्रालय सदैव तत्पर रहेको बताएका छन्।

साथै उहाँले आगमी दिनमा पनि कसरी यसलाई गुणस्तरीय बनाउने भन्ने वारे मन्त्रालयले पहल गर्ने समेत वताउनु भयो। दोधारा चाँदनीेमा प्राथमिक स्वास्थ्य केन्द्रले अहिले दिईरहेको सेवामा थप सुधार गर्दै जाने र यसमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको सहयोगको प्रतिवद्धता बाट आफुहरुमा थप उत्साहित भएको स्वास्थ्य केन्द्रका प्रमुख डा.जयानन्द प्रसाद शाहले बताउनु भयो ।

साथै उहाले आउने दिनमा यहाँका जनताहरुका लागी उच्चस्तरीय स्वास्थ्य सेवा दिन तत्वर रहेको बताउनु भयो । दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता तथा दोधारा चादनी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष ओम वस्नेतले यहाको स्वास्थ्य सेवा सुधारका लागी सबैले मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

अस्पतालमा स्वास्थ्य सेवामा सुधार गर्न नसके यहाँका नागरिकहरुले भारतमा गएर ठगिनु पर्ने बाध्यता रहेको हुदा हामी सबै स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाका लागी प्रतिवद्ध रहेको समेत वताउनु भयो ।

सामाजिक विकास मन्त्रालयका टोलीले अस्पतालको अनुगमन संगै कुपोषण भएका बालबालिकाहरुको लागी आवश्यक औषधी तथा पोषण युक्त खाद्यसामग्रीहरु समेत हस्तान्तरण गरेको छ ।

ताजा समाचार