बेलडाँडी गाउँपालिकाकाे चाैधर नदिमा तटबन्ध निर्माण हुने

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका अन्तरगत रहेको चौधर नदीमा तटवन्ध निर्माण हुने भएको छ ।

बेलडाँडी गाउँपालिका वडा न.-५ मा पर्ने चौधर नदी नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाऊलाखेल काठमाडौ र पालिकाकाे सहयोगमा ४५ लाखमा तटवन्ध निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

विहिबार बेलडाँडी गाउपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, वडा अध्यक्ष सहितले तटबन्ध निर्माण हुने स्थलमा सिलन्यास गर्नु भएकाे हाे ।गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले उक्त कार्यको शिलान्यास गर्दै यहाँका आम जनताको पक्षमा जनहितकारी काम गरिरहने बताउनु भयो ।

रानाले, साे क्षेत्रमा बर्षातकाे समय र बेमाैसमकाे बेला आउने बर्षाका कारण बाढि गाउँ पस्ने समस्या रहेकाेले त्यो समस्या समाधनका लागि तटवन्धन अनिर्वाय रहेको बताउनु भयो।

बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर विष्टले “४५लागतमा १ सय ७२ मिटरलम्वाइ,अढाईफिट उचाइ भएको तटवन्धन निर्माण हुने र केही हद सम्म भएपनि नहर भत्कने स्थानमा तटबन्धले सहयाेग पुर्याउने बताए ।

”अहिले सानाे प्रयासबाट शरू गरेका छाै , पछि पुरै जाेखिम भएकाे स्थानमा तटबन्ध निर्माणका लागि संघ, प्रदेश संग पहल गरि काम गरिने बताएका छन् ।´

चौधरी नदि नियन्त्रण उपभोक्ता समिति मार्फत किशोर कन्ट्रक्सन कम्पनीले निर्माणको कार्य गर्ने गरि काम अघि बढेकाे समेत गाउपालिकाका प्रबक्ता विष्टले बताए ।

यसरी उक्त क्षेत्रमा तटबन्ध निर्माण हुने भएपछि स्थानीयहरु हर्षित भएका छन् ।

ताजा समाचार