भीनपा ५ का वडाध्यक्ष अवस्थीद्धारा विद्यार्थीहरुलाई पोसाकका लागि आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदमराज अवस्थीले विद्यार्थीहरुलाई टाई,ब्याल्ड तथा पोसाकका लागि आर्थिक सहयोग गरेका छन् ।

वडा नं.५ स्थित सत्यावादी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न एवम् जेहेन्दार विद्यार्थीहरु आर्थिक अभावका कारण टाई,ब्याल्ड तथा पोसाक विहिन विद्यालय जानुपर्ने अवस्था नरहोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको वडाध्यक्ष अवस्थीले बताए ।

‘विपन्न परिवारका विद्यार्थीहरु आर्थिक अभावका कारण टाई,ब्याल्ड र पोसाक नलगाएर विद्यालय जानुपर्ने बाध्यता नरहोस् भन्ने उद्देश्यले वडाध्यक्ष ज्यूले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नु भएको हो ।’ सत्यावदी माविका प्रधानाध्यापक सुरेन्द्र साउँदले भने ‘वडाध्यक्ष ज्यूले विद्यालयर विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा समेत निरन्तर सहयोग गर्दै आउनु भएको छ ।’

वडाध्यक्ष अवस्थी निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार