मुहार फेर्दै भीनपाको भीम वाटिका(पार्क)


महेन्द्रनगर । केही समय पहिले फोहोर,झाडी र जंगलले छोपिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकाले विस्तारै मुहार फेरिरहेको छ ।

महेन्द्रनगर बजारको मुटुमा रहेको एकमात्रै पार्क एवम् भीम वाटिका उचित व्यवस्थापनको अभावमा जिर्ण बन्दै गएको थियो । पार्क सफा, स्वच्छ, रमणिय र केही हेर्न वा घुम्न लायकको हुनु पर्ने हो ।

यद्यपी भीम वाटिका(पार्क) उचित व्यवस्थापनको अभावमा युवाहरुको लागु पदार्थ सेवन एवम् अनैतिक क्रियाकलाप गर्ने हव बनिरहेको थियो । हाल भीमदत्त नगरपालिकामा नयाँ नेतृत्व आएबाटै भीम वाटिकालाई सिंगारन थालिएको छ ।

भीमदत्त नगरपालिकाले पार्कभीत्र रंगरोगन,ठुला रुखहरु,झाडी,फोरोह सफाई,शौचालय तथा अन्य संरचना मर्मत, फूलबारी, घाँसे चौर बनाइरहेको छ ।

‘यो पार्कको उचित व्यवस्थापन नहुदाँ झाडी,फोहोर र जंगलले छोपिएको थियो । झट्ट हेर्दा पर्खालले बेरिएको जंगल जस्तो देखिन्थ्यो ।’ भीमदत्त नगरपालिका–१८ का वडा सदस्य हेम बहादुर बस्नेतले भन्नुभयो ‘पार्क घुम्न हेर्न लायक थिएन,त्यहाँ भित्र युवाहरुले लागु औषध प्रयोग गरेका सिरिन्ज,अस्थायी गर्भनिरोधकका साधन फालिएका थिए ।’ उहाँले अगाडी भन्नुभयो ‘हामी निर्वाचित भए लगत्तै पार्कलाई पार्क जस्तै बनाउने अभियानमा जुट्यौँ र पार्कको बाहिरतर्फबाट सरसफाई थालिएको पार्कको अहिले भित्रतर्फको व्यवस्थापनमा जुटेका छौँ ।’

पार्कभित्र सरसफाई संगै बच्चाबच्चीका लागि खेल्ने समाग्री राख्ने, २४ सै घण्टा पानीको फोहरा राख्ने, खानेपानीको प्रंबन्ध गर्ने, चौतारा बनाउने, ठुला रुखझाँडी सफाई गर्ने, फोहोरमैला केन्द्र एक निश्चित ठाँउमा बनाउने, अशोकका रुखहरुमा एकरुपता ल्याउने काम भइरहेको वडासदस्य बस्नेतले बताउनुभयो ।

उहाँकाअनुसार पार्कभित्रै रहेको सरस्वती मन्दिर, किसान नेता शहिद भीमदत्त पन्तको सालिक लगाएतका संरचना समेत सजावट गरिनेछ । वडासदस्य बस्नेतले व्यवस्थापनको अभावमा आन्तरिक तथा बाह्य पर्यटकका नजरबाट टाढिएकोे भीम वाटिका (पार्क)लाई भीमदत्त नगरपालिकाले हेर्न र घुम्न लायक बनाउने बताउनुभयो । नगरपालिकाले जिर्ण बन्दै गएको भीम वाटिकाको व्यवस्थापन गर्न थाल्येपछि अहिले सामाजिक संञ्जालमा समेत नगरपालिकाको सो कामको प्रसंसा भइहरेको छ ।

ताजा समाचार