कैलालीमा ट्याक्टरको टायर फसेको निकाल्ने क्रममा एक जनाको मृत्यु

महेन्द्रनगर । कैलालीमा ट्याक्टरको टायर फसेको बेला टायर निकाल्ने क्रममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–५ स्थित सडकमा सु प प्र ०१–००२ त ४६०९ नम्बरको ट्याक्टर सडकमा फसेर निकाल्ने क्रममा टायरले च्यापिएर सोही नगरपालिका–४ बस्ने २२ वर्षीय चालक गणेश चौधरीको बुधबार राति घटनास्थलमै मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार