सुदूरपश्चिममा प्रदेशसभा सदस्यको शपथ ग्रहण भोलि

महेन्द्रनगर । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले भोलि पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जनाएको छ ।

सचिवालयका सूचना अधिकारीले पद तथा गोपनियताको शपथका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जानकारी दिए । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुरले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

रावलले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई रावलले शपथ ग्रहण गराउने जैशीले बताए । शपथका लागि सभाहल व्यवस्थापनदेखि तथा अन्य व्यवस्थापकीय काम पनि भइसकेको छ ।

प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराउने व्यवस्था गरिएको छ । सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो ।

सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको जैशीले बताए । ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।

शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रमको समेत आयोजना गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

ताजा समाचार