माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट संसदीय दलको नेतामा चयन

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट संसदीय दल नेता चयन भएका छन्।

डडेल्लधुराबाट निर्वाचित खगराज भट्ट सुदुरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय नेतामा सर्वसम्मत चयन भएका हुन। यो संगै उनलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्री बन्न मार्ग प्रशस्त भएको छ।

एमालेको नेतृत्वको गठबन्धनमा माओवादी ठूलो दल भएकाले मुख्यमन्त्रीमा सशक्त दाबी गरिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच सुदूरपश्चिम माओवादीले पाउने गरी मोटामोटी सहमति भएको चर्चा छ।

आइतबार बसेको माओवादी केन्दका सांसदहरुको बैठकले भट्टलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा भट्ट र भाटले दाबी गरिरहेका थिए। शनिबारको बैठकमा दुवैले संसदीय दलको नेतामा दाबी गर्दा नेता चयन हुन सकेको थिएन्।

संसदीय दलको नेतामा भाटले भट्टलाई समर्थन गरेपछि उनी सर्वसम्मत नेता चयन भएका हुन।

ताजा समाचार