कञ्चनपुरकाे महेन्द्रनगरमा फागुन १ देखि १० दिनसम्म महोत्सव लाग्ने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा पर्यटन महोत्सव आयोजना गरिने भएको छ। महेन्द्रनगरको खुला मञ्चमा आउँदो फागुन १ देखि १० गते सम्म औद्योगिक व्यापार मेला लाग्ने छ ।

उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा महोत्सवको १४ औँ संस्करण हुन लागेको हो ।

कोरोना संक्रमणपछि अवरुद्ध रहेको महोत्सव यस वर्षबाट आयोजना गर्ने तयारी भईरहेको छ ।
महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने छन् ।

ताजा समाचार