सेती नदीमा डुबेर डोटीका एक जना युवकको मृत्यु

महेन्द्रनगर। सेती नदीमा डुबेर डोटीका एक जना युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरीका अनुसार शनिबार दिपायल पिपल्ला पक्की पुल नजिकै नुहाउने क्रममा डुबेर दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका ३२ वर्षीय तेज बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

शनिबार दिउँसो साढे ३ बजेतिर बिक नदीमा बगेर बेपत्ता भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुप सिंह थापाको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई बगेको स्थान देखि दुई सय मिटर तल बेहोस अवस्थामा फेला पारेको थियो।

बेहोस अवस्थामा भेटिएका बिकलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको र चिकित्सकले ४ बजे मृत घोषणा गरेका थिए। उपचारका क्रममा उनको ज्यान गएको हो।

ताजा समाचार