शैल्यशिखरले हचुवाका भरमा गरेको शिक्षक सरुवा रद्ध

महेन्द्रनगर । शैल्यशिखर नगरपालिकाले सम्बन्धित शिक्षकको सहमति नलिएर शिक्षा ऐन विपरीत मनोमानी ढंगले गरेका सरुवा तथा काज सरुवा रद्ध गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले शुक्रबार शैल्यशिखर नगरपालिकालाई पत्र पठाउदै ऐन विपरीत गरिएको सरुवा रद्ध गरिएको जानकारी दिएको हो।

इकाई प्रमुख जयराज पन्तको हस्ताक्षर रहेको उक्त पत्रमा तीन जना शिक्षकहरुलाई पूर्ववत अवस्थामा राख्न र अब उप्रान्त सरुवा गर्दा शिक्षा ऐन, नियमावली र प्रचलित कानुन एवम् विभागिय निर्देशनको परिधिभित्र रहेर काम गर्नसमेत सचेत गराइएको छ।

नगर शिक्षा समितिले मंसिर २९ गते तीन जना शिक्षकलाई उनीहरुको सहमति बिनै हचुवाका भरमा विभिन्न विद्यालयहरुमा सरुवा तथा काज सरुवा गरेको थियो। राजनीतिक पुर्वाग्रह राखेर पेल्ने हिसाबले शिक्षकहरुलाई त्यसरी सरुवा गरिएको भन्दै आलोचना भइरहेको थियो।

मालिकार्जुन आधारभुत विद्यालय थलाका प्राथमिक तह द्धित्तिय श्रेणीका शिक्षक ९प्रअ० जयदेवसिंह खडायत, मालिकार्जन आधारभुत विद्यालय सैनवनका प्राथमिक तह तृृतिय श्रेणीका शिक्षक ९प्रअ० पदमबहादुर राना र जोगेउडा आधारभुत विद्यालय जोगेउडाका शिक्षक मानमति भट्टलाई त्यसरी सरुवा र काज सरुवा गरिएको थियो।

दरबन्दी नै नभएको र राहत अनुदान कोटा नै नभएको विद्यालयमा समेत सरुवा गरिएको भेटिएपछि उनीहरुले शिक्षा विकास तथा समन्वय इकाइलाई गुहारेका थिए। काज खटाएको विद्यालयबाट तलब भत्ता खान पाउने गरी सम्बन्धित शिक्षकहरुलाई अपायक स्थानमा खटाएको इकाइले जनाएको छ।

शिक्षकहरुसँग कुनै समन्वय नगरी काज सरुवा गरेको देखिएको र यसबाट विद्यालयको शैक्षिक वातावरणमा प्रतिकुल असर पर्ने तथा कानूनी व्यवस्थाको समेत उपहास हुने देखिएकोले सरुवा रद्ध गरिएको इकाइले जनाएको छ।

ताजा समाचार