कञ्चनपुरका युवा तरकारी बेचेर लाखौँको आम्दानी गर्दै

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं -१ राजिपुरका किसानले तरकारी उत्पादन गरेर लाखौँ आम्दानी गर्ने गरेका छन् ।

भीमदत्त नगरपालिका वडा नं -१ राजिपुरका २८ वर्षीय सन्तोष चौधरीको दैनिकी जीवन तरकारी खेतीमै बित्छ ।

विगत ८ वर्ष देखि व्यावसायिक तरकारी खेती गर्दै आएका चौधरीले यो व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी तरकारी उत्पादन सुरु गरेको पछि गएर त्यसलाई व्यावसायिक रुपमा तरकारी खेती गरेको कृषक चौधरीले बताए ।

उनले आफ्नो एक बिघा जग्गामा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन्। बेर्ना आफै उत्पादन गर्दै आएको र तरकारी विक्रीमा कुनै समस्या नहुने उनले भने “हिउँदको समयमा धनियाँ, मुला,पालुंगो,गोभि, सिमी,टमाटर,खुर्सानी,बैगन,ब्रो काउली लगाउने गरेको र गर्मी याममा लहरे बालिमा लौकी, काक्रा, चिचिन्डा,भिन्डी, तोरीया, तर्भुज,बोडी खेती गर्ने गरेको बताए ।”

उनले भने “मैले सबै खर्च कटाएर वार्षिक चार लाख भन्दा बढी रुपैयाँ सम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको छु। यो व्यवसायबाट भएको आम्दानीले घर खर्च राम्रैसंग चलेको र एउटा घर समेत बनाएको चौधरीले बताए।”

उनले तरकारी खेतीमा घर परिवार आफ्नी सिर्मती निर्मला चौधरीले सहयोग गर्ने गरेको र उत्पादन भएको तरकारी महेन्द्रनगर सब्जी मण्डि बजार र गाउँ घरमा बिक्री गर्ने गरेको बताए।

चौधरीले आफूले व्यवसायीक तरकारी खेती सुरु गरेपनि सहयोग भने कतैबाट नपाएको गुनासो गरे। ‘‘पूँजीको आभाव छ, कुनै पनि निकायबाट सहयोग मिल्दैन थप लगानी लगाएर यो व्यवसायलाई भविष्यमा अझै अगाडि बढाएर लैजाने योजना रहेको उनले बताए।

ताजा समाचार