सहिदको शालिकमा माल्यारोपण गर्दै मुख्यमन्त्री रावल

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका बुधबार नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र सिंह रावलले महेन्द्रनगर पार्कको सहिदको शालिकमा माल्यारोपण गरेका छन् ।

बिहिबार गृह नगर महेन्द्रनगरमा शहिद दशरथ चन्द, भीमदत्त पन्त, पुष्पलाल र जननेता मदन भण्डारीको शालिकमा माल्यारोपण गरेका हुन् ।

मुख्यमन्त्री रावलले संकेतिक रुपमा माल्यारोपण गरि राष्ट्रका लागि योगदान दिने सबै सहिदलाई सम्झीएको बताउँदै सहिदले दिएको एकताको सन्देशलाई लिएर आफु अघि बढ्ने प्रतिवद्धता गरेका छन् ।

जनताले दिएको मायाले सुदूरपश्चिमवासीको सेवक बन्न पाउ यहि प्रेरणाका साथ अघि बढ्दैँछु ।’ उनले भने ‘सर्वहारा वर्ग, श्रमजीवि किसानकोबिचमा जाने सवालमा अघि बढ्नेछु ।’

मुख्यमन्त्रीमा रावलले आज पद तथा गोपयनिताको सफथ पनि लिदै छन् ।

ताजा समाचार