कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष महराले लिए राजिनामा फिर्ता

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महराले राजिनामा फिर्ता लिएका छन । बिहीबार वडाध्यक्ष महराले राजिनामा फिर्ता लिएर महरा नियमित वडाको काममा फर्किएका छन ।

नगरपालिकामा अनियमितता भएको भन्दै गत साता वडाध्यक्ष महराले १२ औँ नगर सभा चलिरहेकै बेला मेयर रण बहादुर महरालाई राजिनामा बुझाएका थिए ।

पहिलो कार्यकालमै वडाध्यक्ष भएपछि लोकप्रिय काम गरेका महराले दोस्रो पटक अध्यक्षमा निर्वाचित भएको बर्षदिन नपुग्दै पदबाट राजिनामा दिएपछि उनीमाथि स्थानीय जनता र माओवादी पाटीबाट ब्यापक जनदवाव आएको थियो ।

वडाध्यक्ष महराले नगर प्रमुख रण बहादुर महरासंग नगरपालिका भित्र भएको विभिन्न बेतिथिको तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा कार्यपालिका मार्फत आवश्यक छानबिन र कार्बाही गर्ने सहमती भएपछि राजिनामा फिर्ता लिएको बताए ।

वडाध्यक्ष महराले शुक्लाफाँटा नगरपालिकाको ८३औँ कार्यपालिका बैठकमा भएको तत्तकालिन शिक्षा अधिकृत हाल प्रमुख प्रशासकीय अधिकृत माथिको छानबिन समितिको प्रतिवेदन तत्तकाल कार्यान्वयन गर्ने, नगरपालिका भित्र घर नम्बर प्रकरण, नगरमा संचालित एडिबीको ऋण सहयोगमा निर्माणाधिन योजनामा भएको ढिलासुस्ती छानबिन गरेको लगायतका विभिन्न भ्रष्टाचारजन्य निष्पक्ष छानबिन र कार्बाही सहितका विषयमा सहमती भएको बताए ।
वडाध्यक्ष महरा नियमित काममा फर्किएपछि स्थानीय हर्षित भएका छन ।

ताजा समाचार