सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानुन निर्माण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानुन निर्माण भएका छन् ।प्रदेशसभाको पहिलो कार्याकालमा कानून निर्माणबाहेक कतिपय कानुन संशोधन पनि भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भइसकेको छ ।

प्रदेशसभाले पहिलो कार्यकालको अन्तिम समयमा लामो समयदेखि विचाराधीन प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत विधेयक पारित गरेको थियो ।

साझा अधिकारका विषयअन्तर्गत सङ्घमा कानून बन्नमा ढिलाइ भएपछि प्रदेश तहमा विचाराधीन रहेका यी विधायक कार्यकालको अन्तिम समयमा परित गरिएको थियो ।

ताजा समाचार