गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने: प्रधानमन्त्री प्रचण्ड

कञ्चनपुर । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता व्यक्त गरेका छन्।

गेटा मेडिकल कलेजको मोडालिटीबारे सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय–विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डका सह स्वकीय सचिव गोकर्ण भट्टले समाजिक सञ्जाल मार्फत गेटा मेडिकल कलेजका बारेमासुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेको छलफल अत्यन्तै सकारात्मक रहेको जनाएका छन ।

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताएका छन् ।

छलफलका क्रममा प्रचण्डले विकास आयोजनाको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए । ‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणासमेत गरेको थिएँ,’ उनले भने, ‘गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो।’ गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतका कामसमेत प्रचण्ड पहिलो र दोस्रोपटक प्रधानमन्त्री भएको वेला अघि बढेका थियो । यस सम्बन्धी सोमबार थप घोषणा प्रधानमन्त्री प्रचण्डले सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्नुहुनेछ ।

ताजा समाचार