कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा महोत्सवको तयारी पूरा, महोत्सवको उद्घाटन गर्न भोलि आउँदैछन् प्रधानमन्त्री प्रचण्ड

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा भोलि (सोमबार) १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु हुँदै छ।

उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा हुने पर्यटन महोत्सवमा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) महोत्सवको उद्घाटन गर्न आउने भएका छन् । दिउँसो ३ बजे महोत्सवको उद्घाटन हुने आयोजक कंचनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

फाल्गुन १ गतेबाट संचालन हुने कंचनपुर पर्यटन महोत्सव १० गतेसम्म संचालन हुने भएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो।

महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलहरु, कला संस्कृतिको प्रदर्शनीका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ।

कोरोना महामारीको कारण २ बर्ष लगातार हुन नसकेको १४औं संस्करणको महोत्सव यस बर्ष हुन लागेको छ।

ताजा समाचार