इन्टरनेशन पब्लिक स्कुलको २६औँ वार्षिक उत्सव तथा रजत जयन्ती सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका महेन्द्रनगर स्थित इन्टरनेशन पब्लिक स्कुलको २६औँ वार्षिक उत्सव तथा रजत जयन्ती सम्पन्न भएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच विद्यालयले आफ्नो २६औँ वार्षिक उत्सव तथा रजत जयन्ती मनाएको हो । वि.सं. २०५३ साालमा स्थापित इन्टरनेशन पब्लिक स्कुलले नेपालकै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाईसकेको छ । विद्यालयले नर्सरी देखीे +२ अन्तर्गत विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउदै आएको छ ।

विद्यालयलले कञ्चनपुर तथा देशकै शैक्षिक क्षेत्र लगायत खेलकुद,सामाजिक लगायत अन्य क्षेत्रमा समेत अह्म भुमिका निर्वाह गर्दै आएको छ । विद्यालयको २६औँ वार्षिक उत्सव तथा रजत जयन्तीमा वक्ताहरुले विद्यालयलले देशकै शैक्षिक क्षेत्रमा ठुलो भुमीका निर्वाह गरेको बताएका थिए ।

स्थानिय तथा अभिभावकहरुको साथ,सहयोगले विद्यालय यो स्थानमा पुग्न सफल भएको इन्टरनेशन पब्लिक स्कुलका बोर्ड सदस्य गौराज बहादुर लिम्बुले बताए ।

विद्यालयले आफ्नो २६ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा समाजसेवी लिलाध्वज बस्नेत, सिनियर मेडिकल अफिसर डा. गणेश भट्ट, वरिष्ठ पत्रकार चित्राङ्ग थापा, शिक्षाविद् नरेन्द्र भन्डारी, ७९ पटक रक्तदान गरेकी रक्तदाता तुलसी पनेरु, वरिष्ठ फूटबल प्रशिक्षक पुष्कर शाही, सामाजिक अभियन्ता शारदा चन्दलाई सम्मान गरेको छ ।

यस्तै विद्यालयले इन्टरनेशनल प्राइड कक्षा १० का छात्र लोकेश भट्टलाई घोषित गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेतको सभापतित्वमा सञ्चालितका कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री प्रकाश रावल रहेका थिए ।

कार्यक्रममा विशिष्ट अथिति भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार, अभिभावक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार