फागुन २२ गते पोखरी कटेजमा होली बिशेष कार्यक्रम हुने, चर्चित गायक चक्र बम लगायत अन्यकलकरहरु आउँदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा होली पर्वको कार्यक्रम हुने भएको छ ।
आज (सोमवार) पत्रकार सम्मेलन गरेर पोखरी कटेजका संचालक कृष्ण रानाले होली पर्वको अवसरमा फागुन २२ गते होली बिशेष कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

उक्त होलीको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु गायक चक्र बम, भारतिय कलाकार गायिका रिङकु राना, बन्टी राना हास्य कलाकारमा विपुल क्षेत्री, अमुत नाथ, उद्योषकमा सरु क्षेत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रममा होली पर्वको जेगर्ना गर्नको लागि लोक संस्कृती झल्कन होली नृत्य, थारु राना नृत्यहरुको प्रस्तुती रहने उनले बताएका छन् ।
उक्त कार्यक्रममा बिभिन्न खेल कार्यक्रम लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।

ताजा समाचार