कन्चनपुरमा १५ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस बिरामीहरूलाई फलफुल, जुस वितरण गरि मनाइयो

महेन्द्रनगर ।कन्चनपुरमा १५ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस बिरामीहरूलाई फलफुल, जुस वितरण गरि मनाइयो

कन्चनपुरमा ‘उपयुक्त ह्विलचियर, सुरक्षित र पहुँचयुक्त आवगमन हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ १५ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाइएको छ । मेरुदण्ड पक्षघात संघ कञ्चनपुर तदर्थ समतिले बुधबार महाकाली प्रादेशिक अस्पतालमा उपचार गराई रहनु भएका बिरामीहरूलाई फलफुल, जुस वितरण गरि मनाएको हो ।

उक्त फलफूल वितरण कार्यक्रममा प्रमुख अतिथि महाकाली प्रादेशिक अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्ट बिसिष्ट अतिथि मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्ट मेरुदण्ड पक्षघात संघका जेष्ठ सदस्य गंगा भट्ट लगायतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष दिर्घ कुमार स्वारको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

फलफुल वितरण कार्यक्रममा सपाङ्गता भएका मानिसहरुले विरामीकोहरुको बारेमा कुनै पहल नगर्ने तर अपाङ्गता भएका व्यक्तिहरुले यसरी फलफुल वितरण गरेको देखेर महाकाली प्रादेशिक अस्पतालमा रहेका विरामी भावकु पनि भएको देखिएको थियो । संघका अध्यक्ष दिर्घ कुमार स्वार अपाङ्गता भएर पनि समाज सेवाको क्षेत्रमा अग्र स्थानमा भूमिका निभाउदै आउनु भएको छ । यो कार्यक्रमलाई काठमाडौ निवासी सिन्जा रावतले पनि सहयोग गर्नु भएको छ ।

‘यसरी सेवाभावले विरामीहरुलाई फलफुल वितरण गर्दा अस्पतालमा रहेका विरामीहरुलाई आफन्त्वको भावना विकास हुने र रोग सञ्चो हुनमा हौसला प्रदान गर्ने’ महाकाली प्रादेशिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्ट(किरण)ले बताउनु भयो ।

यस प्रकारको सेवा भाव सबैमा हुनुपर्नेमा अध्यक्ष भट्टले जोड दिनु भयो । त्यसैगरी मे.सु अर्जुन भट्टले ‘आफु मेरुदण्ड पक्षघात जस्तो गम्भीर रोगले अपाङ्गता भएर पनि १५ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको उपल्क्षयमा यसरी महाकाली प्रदेशिक अस्पतालमा रहेका विरामीलाई फलफुल विरतण गरी समाज सेवा गर्नु आफैमा ठुलो कुरा हो ।

यस प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सरकारले पनि सहयोग गर्नु पर्ने, र वहाँहरुको यो कार्य सारै सराहनिया’ भएको बताउनु भयो ।

ताजा समाचार