सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा फेरि तालावन्दी, स्ववियुको चुनाव अझै अनिश्चित

महेन्द्रनगर ।सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विद्यार्थीहरुले फेरि तालावन्दी गरेका छन् ।

लामो समय पछि हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव २१ गते हुने निर्णय गरिएको हुनाले त्यो निर्णय असहमति जनाई विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

व्यवस्थापन संकाय अन्तर्गत तेस्रो र चौथो वर्षको परीक्षा नजिक रहेको हुनाले परीक्षा मिति तोकिएको २,३ दिन अगाडिको स्ववियु चुनाव निर्वाचनलाई मात्र केन्द्रित गरेर चुनाव मितिलाई सार्वजनिक गरेको र विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरेको भन्दै त्यो निर्णयलाई गलत मानेर विद्यार्थीहरुले आज तालावन्दी गरेका छन्। जब सम्म विद्यार्थीहरूको माग सम्बोधन हुदैन तबसम्म ताला नखुल्ने विद्यार्थीहरूको भनाइ समेत रहेको छ ।

केन्द्रीय क्याम्पसले अगामी २१ गते स्ववियु चुनावको मिति तोकेको छ।

ताजा समाचार