कुष्ठरोग नियन्त्रणमा सरकारका योजना नारा जुलुस कार्यक्रममै सिमित

कञ्चनपुर ।कञ्चनपुर जिल्लामा प्रणघातक कुष्ठरोग वर्षौ पिच्छे बढिरहेको छ । कुष्ठरोग लाग्न नदिन प्रर्बद्धनात्मक कार्यक्रम संचालनका लागि प्रभावकारी योजना अभावले बर्षनी कुष्ठरोगी बढिरहेका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जिल्लामा कुष्ठरोगीको संख्या बृद्धि भईरहेको छ ।

आर्थिक बर्ष २०६६/६७ मा ८ सय ७०, ०६७/०६८ मा ७ सय ४१, ०७८/०७९ मा ८ सय ३३ चालु आर्थिक बर्ष चैत्र दोस्रो सातासम्म ४ सय ४८ कुष्ठरोगीका बिरामी फेला परेका छन । ९ पालिका रहेको कञ्चनपुरमा सबैभन्दा बढि भीमदत्त नगरपालिकामा १०८, सबैभन्दा कम कृष्णपुर नगरपालिका ३३ मात्रै कुष्ठरोगीका बिरामी भेटिएका छन ।

दोधाराचाँदनी नगरमा ६६, बेदकोट नगरमा ४४, शुक्लाफाँटा नगरमा ४०, पुनर्वास नगरमा ५७, बेलौरी नगरमा ३९, बेलडाँडीमा २७ र लालझाडीमा ३४ रोगी रहेका छन । आँखाले देख्न नसकिने माईक्रो ब्याक्टेरियम लेब्रे नामक किटाणुबाट मानिसबाट मानिसमा सर्ने रोग हो, समयमै उपचार भए निको हुने, नभए मानिसको प्रण नै लिनसक्ने प्रणघातक रोग भएकाले लक्षण देखिए समयमै उपचारका लागि चिकित्सकले सुझाव दिएका छन ।

कुष्ठरोगका कारण कञ्चनपुरमा बर्षनी सयौँ मानिसको मृत्यु भएपनि त्यसको एकिन तथ्याङ्क सरकारी स्वास्थ्य कार्यालयमा भेटिएको छैन । मुलुकमा तीन सरकार, तिनका दर्जनौँ स्वास्थ्य संस्था, अस्पताल विद्यमान भएपनि कुष्ठरोग न्यूनिकरणका लागि प्रभावकारी योजना ल्याउनेदेखि कार्यान्वयमा चुनौती थपिएको छ ।

बजेट दोहन र औपचारिकतामै कार्यक्रम सीमित हुँदा प्रणघातक रोगको संक्रमण आगोजस्तै सक्किरहेको छ । पछिल्ला दिनहरुमा बालबालिका, बयकदेखि जेष्ठ नागरिकमा कुष्ठरोगको संक्र्रमण देखिन थालेको छ ।

खुला सीमा र उच्च जनसंख्या रहेको जिल्लामा कुष्ठरोगी बढिरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कुष्ठरोग नियन्त्रणका लागि कार्यक्रम संचालन गरिएको बताए । उनले दिवसका दिन जनचेतनामुलक ¥यालीदेखि रक्तदान गरिएको बताए ।

ताजा समाचार