कञ्चनपुरमा १सय ६२ एचआईभी/एड्स संक्रमितको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालले अहिले सम्म १ सय ६२ जना एड्स संक्रमण भएर ज्यान गुमाएको जनाएको छ ।

कञ्चनपुर जिल्लामा अहिले सम्म एड्स संक्रमण पुष्टि भएका ६ सय ५० जना छन्। त्यस मध्ये ४ सय २ जना औषधि खाँदै गरेका र ४६ जना औषधि खाएर हराएको कुरा अस्पतालकी परामर्श दाता विमला भट्टले जनाएको छ ।

विश्वभर फैलीरहेको एडस रोगले संक्रमित बढिरहेका भए पनि पछिल्लो समय यसको औषधि सेवन गर्नेको संख्या नी बढ्दै गएको छ ।

नयाँ आर्थिक वर्षमा कञ्चनपुरमा एचआईभी/एड्स संक्रमण पुष्टि भएको संख्या ३९ छ।जस मध्य १ जनाको मृत्यु भएको छ। भने औषधि खाने ३२ जना र औषधि खाँदा खाँदै हराएका ४ जना रहेको भट्टले जानकारी दिएकी छिन् ।

सुदूरपश्चिमका हरेक जिल्लामा एचआईभी संक्रमित रहेको कञ्चनपुर स्वास्थ्य केन्द्रले जनाएको छ।

संक्रमितहरुको भाइरल लोड परिक्षण केन्द्र सेती प्रादेशिक अस्पतालमा मात्र छ। संक्रमितहरुलाई आवश्यक पर्ने औषधिका लागि भने स्थानमा औषधि खाने साइटहरुको व्यवस्था गरिएको छ।

नेपालमा पहिलो पटक सन १९८८ मा एचआईभी/एड्सको पहिलो व्यक्ति पत्ता लागेको थियो।

ताजा समाचार