भीनपा–११ मा निशुल्क आखा जाँच तथा चस्मा,औषधी वितरण गरिने

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा निशुल्क आखा जाँच शिविर संचालन हुने भएको छ । वडा नम्बर ११ र सृजनशील बचत तथा ऋिण सहकारी संस्थाको संयुक्त आयोजनामा चैत २५ गते शनिवार निशुल्क आखा जाँच शिविर संञ्चालन गरिने वडाध्यक्ष प्रकाश थापाले बताए ।

‘भीमदत्त नगरपालिका वडा नं. ११ र सृजनशील सहकारीले २५ गते निशुल्क आखा जाँच शिविर सञ्चालन गर्दैछ ।’ उनले भने ‘आवश्यक पर्नेलाई निशुल्क चस्मा तथा औषधी पनि वितरण गरिनेछ ।’ यस्तै उनले सबै वडावासीलाई २५ गते आखा जाँच गर्न आउन अनुरोध समेत गरेका छन् ।

spot_img

ताजा समाचार