एथलेटिक्स तर्फ सुदूरपश्चिमको जुनियर राष्ट्रिय कीर्तिमान


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४०० मिटर रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएको छ ।

चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो।
लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भंग गरेको छ ।

Advertisementspot_img

ताजा समाचार