कैलाली । कैलालीमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कैलारी गाउँपालिका–१ का ३३ वर्षीय महेश चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पीडित पक्षबाट परेको उजुरीका आधारमा चौधरीलाई बिहीबार दिउँसो नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका चौधरीमाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






