काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि रास्वपा सभापति लामिछानेले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । सो भेटका क्रममा प्रधानमन्त्री शाहको भारतको औपचारिक भ्रमणलगायतका विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्रीसँगको भेटवार्ताको भोलिपल्ट लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।






