बस भाडा घटेर सुदूरपश्चिममा कुन रुटको भाडा कतिमा?

महेन्द्रनगर । सार्वजनिक यातायातको भाडा दर घटेको छ। मंगलबार रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको हो।

आज (जेठ ३ गते) देखि लागू हुने गरी भाडा समायोजन भएको छ । डिजेलको मुल्य १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।

अब काठमाडौं–धनगढीको भाडा एक हजार ९ सय ६२ बाट घटेर एक हजार ८ सय ९९ कामय भएको छ । त्यस्तै काठमाडौं–महेन्द्रनगरको भाडा एक हजार ९ सय ७८ बाट घटेर एक हजार ९ सय १५ कामय गरिएको छ ।

काठमाडौं–अत्तरिया–डडेल्धुराको भाडा दुई हजार तीन सय १२ बाट घटेर दुई हजार दुई सय ३८, काठमाडौं–अत्तरिया–डडेल्धुरा–बैतडीको भाडा दुई हजार ६ सय ४९ बाट घटेर दुई हजार पाँच सय ६४ कायम गरिएको छ । त्यस्तै धनगढी–जनकपूरको दुई हजार ११५ बाट घटेर दुई हजार ४७, धनगढी–नेपालगन्ज पाँच सय ८८ बाट घटेर ५६९, धनगढी–विराटनगरको भाडा दुई हजार २९२ बाट घटेर दुई हजार २१९ कायम भएको छ ।

त्यस्तै धनगढी–स्यांजा–पोखराको भाडा एक हजार ७८० रहेकोमा घटेर एक ७२३, नाउडाँडा–बुटवल–धनगढीको भाडा एक हजार ५५९ बाट घटेर एक हजार ५०९, नाउडाँडा–बुटवल– महेन्द्रनगरको भाडा एक हजार ६३४ बाट घटेर एक ५८२, विराटनगर–महेन्द्रनगरको भाडा दुई हजार ३७० बाट घटेर दुई हजार २९४ कायम गरिएको छ ।

त्यसैगरी वीरगन्ज–धनगढीको भाडा एक हजार ८४९ बाट घटेर एक हजार ७९०, वीरगन्ज–महेन्द्रनगरको भाडा एक हजार ८७९ बाट घटेर एक हजार ८१९, भैरहवा–धनगढीको भाडा ९२६ बाट घटेर ८९६, भैरहवा–महेन्द्रनगरको भाडा एक हजार २३ बाट घटेर ९९०, सुर्खेत–धनगढीको भाडा ७९९ बाट घटेर ७७३, सुर्खेत–महेन्द्रनगरको भाडा ८८९ बाट घटेर ८६१, काठमाडौं–अत्तरिया–चैनपुर (बझाङ्ग) को भाडा तीन हजार ४० बाट घटेर दु्ई हजार ९४३ तथा काठमाडौं–अत्तरिया हुँदै मार्तडी (बजुरा) सम्मको भाडा तीन हजार ५७ बाट घटेर आजदेखि दुई हजार २१९ कायम भएको छ ।

ताजा समाचार