कलपटे मन्दिरको व्यवस्थापनका लागी वडाध्यक्ष चन्दले गरे ५१ हजार आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का वडाध्यक्ष एवम् समाजसेवी महेश चन्दले मन्दिरको व्यवस्थापनका लागी आर्थिक सहयोग गरेका छन् ।

भीमदत्त नगरपालिका–१० स्थित कलपटे मन्दिरमा सवारी पार्किङका लागी जग्गा खरिद गर्न वडाध्यक्ष चन्दले नगद ५१ हजार आर्थिक सहयोग गरेका कलपटे मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा सवारी पार्किङको व्यवस्था नहुदाँ श्रदालु भक्तजनहरुलाई पर्ने समस्यालाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापनले पार्किङका लागी जग्गा खरिद गर्न आर्थिक सहयोग संकलन गरिरहेको छ ।

ताजा समाचार