महेन्द्रनगरका गल्लि पछाडी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन नगरप्रमुख बोगटीको निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन निर्देशन दिएका छन् ।

महेन्द्रनगर बजार क्षेत्रका गल्लि नम्बर १, २, ३, ४ र ५ पछाडीका गल्लिमा ढल निर्माण र विद्युतका पोलहरु राख्ने कार्य हुनेभएकोले अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन नगरप्रमुख बोगटीले निर्देशन दिएका हुन् ।

नगरपालिकाले केही दिन अघि नै गल्लि पछाडी अतिक्रमण गरि बनाइएका संरचना र राखिएका सामाग्री हटाउन ७ दिने सूचना समेत जारी गरेको थियो ।

भोली (सोमवार) देखी निर्माण कार्य शुरु हुने भएकोले आज(आइतवार) नगरप्रमुख बोगटीको नेतृत्वमा, वडा नम्बर ४ का वडाध्यक्ष सुशिल भट्ट लगाएतले स्थलगत अनुगमन र स्थानियसंग छलफल गरेर पछाडीका गल्लिमा एकरुपता ल्याउन ढल अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

बजारको सौन्दर्यकरणलाई मध्यनजर गर्दैे विद्युत, टेलिकमका पोल र सवारी पार्किङ समेत पछाडीको गल्लिमा व्यवस्थापन गर्ने गरी निर्माण कार्य भइरहेको छ ।

ताजा समाचार