कञ्चनपुरको तिलाचौरमा यहि भदौ २० गते बिसरती मेला लाग्दै



कञ्चनपुर ।कञ्चनपुरको भीमदत्त नगरपालिका तिलाचौरमा यस बर्षपनि बिसरती मेला लाग्ने भएको छ । भीमदत्त नगरपालिका-१० जिमुवामा रहेको मा.दुर्गादेवी मन्दिरको संरक्षण समितिले आयोजना गरेको बिसरती मेला दुर्गादेवी मन्दिरको प्राङगाणबाट जात लिएर तिलाचौर त्रिभुवन माविको प्राङगणमा भदौ २० गते (बुधबार) कादिन बिसरती मेला संचालन हुने भएको हो ।

बिसरती मेलाको आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मेलाको तयारी तिव्र रुपमा भईरहेको जनाएको छ ।

बिसरती मेला आयोजक समितिका संयोजम नारायण मिश्रले बिसरती पर्व यस बर्षपनि धुमधामका साथ मनाईने तयारी भइसकेको बताएका छन् । मिश्रका अनुसार हिन्दू धर्म संस्कृति संरक्षणका लागि यस बर्ष पनि मेला आयोजना गरिएको छ ।

उनका अनुसार त्रिभुवन माविको प्राङ्गणमा मेला आयोजना गरिएको छ । संयोजक मिश्रले फिल्ड, मञ्च, स्टल, पार्र्किङ्ग, देउडा, सुरक्षा लगायत सबै व्यवस्थापन भईरहेको र देउडा खेलका लागि १० जना स्थानिय कलाकार बोलाएको बताएका छन् ।

यो बिसरती मेला परापूर्वालदेखि सुदूरपश्चिमेली (बझाङ्गी) समुदायले दुर्गा र सुर्मादेविले राक्षस महेषासुर संगको लडाईमा जित हासिल गरेको खुसियालीका रूपमा यो पर्व भव्यताका साथ मनाउने धार्मिक परम्परा रहेको बताएका छन्।

भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले मेला धार्मिक पर्यटकिय विकासका लागि वडाबाट खाना, खानेपानी, सुरक्षा,लाइट विभिन्न आवश्यक सहयोग गरिने बताएका छन्।

ताजा समाचार