कञ्चनपुरमा पनि आत्महत्या रोकथाम दिवस मनाइयो

पवन औजी/ कञ्चनपुर । आज सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवस कंचनपुरमा पनि मनाइएको छ । नेपाल चिकित्सक संघ सुदुर पश्चिम शाखाको आयोजनामा आशा जगाऔ, जीवन बचाऔ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो । विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने अनुमान गरेको छ र विश्वव्यापी आत्महत्यामध्ये लगभग ७७% निम्न र मध्यम आय भएका देशहरू (LMICs) मा हुन्छन्।

नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको बेला यस्को न्यूनीकरण गर्नका निमित्त हरेक ब्यक्तिले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भुमिका खेल्नु पर्ने र विशेषगरी यो समस्या समाधानको लागि डाक्टर कहाँ नै पुग्नु पर्ने भएकाले यस्को न्यूनीकरणका निमित्त विशेषगरी आत्महत्याको सोच आएका ब्यक्तिहरुलाई कसरी सहयोग गर्ने , आत्महत्या अथवा आत्महानिका कारणहरु , ब्यवहारिक संकेतहरु लगायतक महत्त्वपूर्ण विषयमा छलफल भएको बताउदै डाक्टर प्रशान्त भट्टले ब्यक्ति मानिस स्वस्थ रहन जरुरी रहेको बताउदै
विशेष प्राथमिकता ज्यान जोगाउनु रहेको हुनाले चिकित्सकहरुलाइ जानकारी गराएर अब आउने दिनहरुमा चिकित्सकहरुले नै यो समस्या समाधानमा भुमिका खेल्ने भएकाले कार्यक्रम गरिएको समेत बताउनु भयो ।

साथै उहाले विशेषगरी कार्यक्रमको मुख्य उदेश्य धेरै भन्दा धेरै त्यस्ता समस्यामा परेका ब्यक्ति जस्को मनमा अनेकन त्यस्ता बिचार आउने गर्छन उहाहरुले हेल्पलाइन नम्बर ११६६ ले जिबन रक्षाका लागि महत्त्वपूर्ण भुमिका खेल्नेमा आफू आसावादी रहेको बताउनु भयो । कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टको प्रमुख आतिथ्यमा गरिएको थियो । साथै नि. मे. सु. डाक्टर अर्जुन भट्टको अध्यक्षता, नर्सिङ असोसियसन नेपाल इकाइका अध्यक्ष सीता खड्का , रमिला विस्ट , बिसेसज्ञ डाक्टरहरु , मेडिकल अधिकृत , पारामोडिक स्टाफ लगायतका अन्य कर्मचारीहरुको उपस्थिति रहेको नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डाक्टर प्रशान्त भट्टले जानकारी दिनु भयो ।

साथै उहाले कार्यक्रममा बोल्दै अहिलेको समयमा आवेसमा युवा युवतीहरुले आत्महत्याको निर्णय लिने भएकाले त्यस्तो बिचार आएमा हेल्पलाईन नम्बर ११६६ मा जानकारी लिन र सहयोग माग्न आग्रह गर्नु भयो । आज नेपाल सहित बिस्वभर विश्व आत्महत्या रोकथाम दिवस विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

ताजा समाचार