महेन्द्रनगर, १५ असोजःप्रथम सुदूरुपश्चिम श्री शारिरीक सुगठनको उपाधी बिजेता महेन्द्रनगरका सुनिल चन्दलाई सोमबार गृहनगरमा सम्मान एवं बधाई ज्ञापन गरिएको छ ।
सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शनिबार धनगढीमा सम्पन्न प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ लक्ष्मीदत्त पन्तले उपाधि जितेका थिए ।उपाधी बिजेताद्धय चन्द र पन्तलाई महेन्द्रनगरस्थित रोयल व्यामशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मान समारोहमा महेन्द्रनगरका युवा व्यवसायी मदन भट्ट, राससका कार्यालय प्रमुख शेरबहादुर सिंह, व्यायमशालाका सञ्चालक किशन चन्द लगायत व्यामशालामा आवद्ध सदस्यहरु सहभागी थिए ।उपाधी बिजेता चन्दले यसअघि पनि राष्ट्रिय स्तरमा शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।
रोयल व्यामशालाका सञ्चालक समितिका सदस्य समेत रहेका चन्द शारिरीक सुगठनका मेहनती र अनुशासित खेलाडीका रुपमा समेत यहाँ परिचित छन् ।
प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजारसहित ट्रफी र मेडलबाट प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले पुरस्कृत गरेका थिए ।
