अस्थायी टहरा बनाई बसोबास गर्ने भारतीय नागरिकहरुलाई गड्डाचौकी नाकाबाट भारत तर्फ पठायो

कञ्चनपुर । कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ०२ मा अस्थायी टहरा बनाई बसोबास गरिरहेका भारतीय मुलका नागरिकहरुलाई गड्डाचौकी नाकाबाट भारत तर्फ पठाईएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले अस्थायी टहरा बनाई बसोबास गर्दै आइरहेका १४ (चौध) जना भारतीय नागरिकहरु बिभिन्न चाँड पर्वहरुमा माग्ने बहाना बनाई चोरी, लुटपाट जस्ता घटनाहरु घटाउन सक्ने भएको हुँदा निजहरुलाई सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारत तर्फ पठाईएको हो।

उनीहरुले स्थायी रूपमा बसोबास गरेर विभिन्न बहाना बनाई लुटपाटका घटना घटाएका छन् । नेपालमा माग्ने,ठग्ने काम गर्ने हुँदा आउँदै गरेको नेपालीहरुको महान चाँड पर्वहरुमा माग्ने बहाना बनाई चोरी, लुटपाट जस्ता घटना नघटोस् भनेर निजहरुलाई सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारत तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार