विमानस्थल निर्माण र गौ नंदीको व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि प्रमुख सचेतक लेखक र नगरप्रमुख बोगटीद्धारा बन मन्त्रीसंग भेटवार्ता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निर्माणधिन मझगाउँ विमानस्थलको निर्माण कार्य र गौ नंदी (सामाुदायिक चौपाया) को व्यवस्थापन कार्यमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसंग छलफल गरिएको छ ।

मंगलवार नेपाली काँग्रेस संसदीयका प्रमुख सचेतक रमेश लेखक र भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विमानस्थलको निर्माण कार्य र गौ नंदीको व्यवस्थापनमा देखीएका समस्या र त्यसको समाधानका विषयमा बन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतो संग छलफल गरेका छन् ।

शुक्लफाँटा राष्ट्रिय निकुञ्जले विभिन्न कानुनी अड्चनका कारण मझगाउँ विमानस्थलको निर्माण कार्यमा अवरोध गरेको छ । यस्तै विभिन्न ऐन,कानुनी बाधा अड्चन र अन्य कारणले आवश्यक जग्गा नपाउँदा गौ नंदी (सामुदायीक चौपाय)को समस्या सभाधान हुन सकेको छैन ।

नगरपालिकाले धेरै प्र¥यास गर्दापनि अन्य ठाउँमा जग्गा प्राप्त नभएपछि भीमदत्त नगरपालिका–१३ हात्तिसारको पश्चिम तर्फ रहेको महाकाली नदिको बगरको जग्गामा गिद्द संरक्षण र चौपायाको व्यवस्थापन गर्न सम्बधित निकायसंग छलफल अगाडी बढाएको थियो । गिद्द संरक्षण र चौपाया व्यवस्थापनका लागि नगरपालिकाले अगाडी सारेको सो जग्गा अनुगमनका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मातहतमा रहेपनि नापी कार्यालयको नक्सा हेर्दा महाकाली नदिको बगर रहेको खुलेको छ ।

नापी नक्सामा महाकालीको बगर रहेको खुलेपनि उक्त क्षेत्रमा गिद्द संरक्षण र चौपायाको व्यवस्थापन गर्न निकुञ्जले मन्त्रीपरिषद्बाट नै निर्णय गराउनुपर्ने भनेपछि प्रमुख समेतक लेखक र नगरप्रमुख बोगटीले मन्त्री महतोसंग समस्या समाधानका लागि छलफल गरेका छन् । यसअघि पनि भीमदत्त नगरपालिकाले चौपायाको व्यवस्थापनका लागि बेदकोट नगरपालिकासंग समन्वय गरी संयुक्त रुपमा व्यवस्थापन गर्न छलफल थाल्यो ।

तर एक पालिकाले अर्को पालिकालाई रकम हस्तान्त्ररण गर्न नसक्ने कानुनी बाधाले काम अगाडी बढ्न सकेन । यस्तै नगरपालिकाले गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएत, वुद्धिजिवि, जिल्ला समन्वयमा जिल्लाका सम्पूर्ण पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सर्वदलिय बैठक पटक–पटक बसेको थियो ।

बेदकोट नगरपालिका र अन्य क्षेत्रमा चौपाया व्यवस्थापनका लागि गरिएका प्र¥यास बिफल भएपछि नगरपालिकाभित्रै चौपाया व्यवस्थापन गर्न नगरपालिकाले सम्भावित जग्गा खोज्न कार्यदल गठन ग¥यो, उक्त कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा सम्भावित जग्गाको अध्ययन अवलोकन गरियो । यद्यपी सम्भावित जग्गामा विभिन्न कानुनी अड्चन र असहयोगका कारण चौपायाको व्यवस्थापन हुन सकेन ।

त्यसपछि नगरपालिकाले भीमदत्त नगरपालिका–७ को सामुदायिक बनमा चौपाया व्यवस्थापनका लागि छलफल अगाडी बढायो । छलफल सकारात्मक भएपछि वनमा स्थायी टहरा निर्माण गर्न नपाइने कानुनी प्रवधानले नगरपालिकाले अस्थायी टहरा निर्माण गर्न खर संकलन ग¥यो । अन्तिममा उक्त वनको कार्यसमितिले अस्थायी टहरा निर्माण गर्ने भएपछि त्यहा काम गर्न दिएन ।

थुप्रै प्रयास गर्दापनि चौपायाको व्यवस्थापन गर्न सफल हुन नसकेको नगरपालिका थाकेको भने छैन । नगरपालिका नेतृत्व चौपायको दिगो व्यवस्थापन कानुनसंगत गर्न निरन्तर प्रयास गरिरहेको छ । चौपायको व्यवस्थापनका लागि नगरपालिकालाई सबैको सहयोगको समेत आवश्यकता रहेको प्रवक्ता खड्काले बताए ।

ताजा समाचार