प्रमुख सचेतक लेखक नेतृत्वको टोलीद्धारा निर्माणाधिन दोधारा–चाँदनी सुख्खा बन्दरगाहको निरिक्षण(फोटो फिचर)

महेन्द्रनगर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् पूर्वमन्त्री रमेश लेखक नेतृत्वको टोलीले निर्माणधिन दोधारा–चाँदनी सुख्खा बन्दरगाहको अनुगमन गरेको छ । प्रमुख सचेतक लेखक सहितको टोलीले भारतको बनवासा पुगेर निर्माणाधिन दोधारा–चाँदनी सुख्खा बन्दरगाहका बारेमा जानकारी लिएको छ ।

दोधारा–चाँदनी सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण गर्ने जिम्मा भारतलाई दिइएको छ । निर्माणको जिम्मा पाएको भारतले बनवासाबाट (भारत तर्फ) निर्माण कार्य शुरु गरिसकेको छ ।

बुधवार प्रमुख समेतक लेखक, नेपाली कांग्रेस कञ्चनपुरका सभापती एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, लगाएतका नेपाली कांग्रेस कञ्चनपुरका नेताहरुले बनवासा पुगेर निर्माणाधिन दोधारा–चाँदनी सुख्खा बन्दरगाहको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा प्रमुख सचेतक लेखकसंग निर्माण कम्पनीका प्रतिनिधिले छिट्टै निर्माण कार्य सम्पन्न गर्ने गरेर काम भइरहेको जानकारी दिए । परियोजनाको पहिलो चरणको संरचना सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

परियोजनामा मुख्य गेट तीनवटा, भन्सार तथा अध्यागमन सेक्युरिटी, बैंक/भन्सार, अत्याधुनिक ल्याब, भान्छा यार्ड, वेयरहाउस, १२ सय क्षमताको ट्रक पार्किङ, तीन हजार क्षमताको कन्टेनर पार्किङ, रेल्वे प्लाटफर्म, रेल्वे वेयरहाउस कन्टेनर यार्ड, डर्टी यार्ड लगायत संचरना निर्माण गरिनेछ ।

सुक्खा बन्दरगाह बनेसँगै भारतको दिल्ली, गुजरात लगायतबाट सुक्खा बन्दरगाहबाट सोझै सुदूरपश्चिममा विभिन्न सामान आयात तथा निर्यात गर्न सकिनेछ ।

ताजा समाचार