भीनपामा सुत्केरी महिलाहरुलाई पोषण स्याहार अन्तर्गत एक हजार रुपैया वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषण स्याहार अन्तर्गत एक हजार वितरण गरेको छ ।

नगरपालिकास्थितका बर्थिङ सेन्टरमा नियमित गर्भजाँच गर्ने सुत्केरी महिलाहरुलाई पोषण स्याहार अन्तर्गत एक हजार नगद वितरण गर्ने कार्यको सुभारम्भ गरिएको छ ।

नगरपालिका भित्र रहेका बर्थिङ सेन्टरमा नियमित गर्भजाँच गर्ने र बर्थिङ सेन्टरमै शिशु जन्माउने महिलालाई पोषणका लागि एक–एक हजार नगद हस्तान्त्ररण गरिएको हो ।

बुधबार स्वास्थ्य चौकी जिमुवाको बर्थिङ सेन्टरमा नियमित गर्भजाच गरेका र त्यहाँ नै शिशु जन्माउने सुत्केरी महिकाहरुलाई पोषण स्याहरका लागि एक हजार नगद वितरण गरि उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

आज (शुक्रबार) भीमदत्त नगरपालिका -०९ र १६ स्थितका बर्थिङ सेन्टरमा नियमित गर्भजाच गरेका सुत्केरी महिलालाई समेत पोषण स्याहार अन्तर्गत एक-एक हजार नगद वितरण गरिएको नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन ।

‘बुधबार स्वास्थ्य चौकी जिमुवाको बर्थिङ सेन्टरमा नियमित गर्भजाच र बर्थिङ सेन्टरमै शिशु जन्माउने महिलाहरुलाई सुत्केरी भएको अवस्थामा पोषण खानेकुरा आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै सुत्केरी महिला दिदि बहिनीहरुलाई केही सहयोग होस् भन्ने उद्देश्यले एक हजार नगद वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थियौ ।’

नगर उपप्रमुख जोशीले भनिन् ‘आज भीमदत्त नगरपाली वडा नम्बर ०९ र १६ मा रहेका बर्थिङ सेन्टरमा नियमित गर्भजाच गरि शिशु जन्माएका सुत्केरी महिलाहरूलाई समेत रकम वितरण गरेका छौं ।’ उनले अगाडी भने ‘अब बाट यो कार्यक्रम निरन्तर संचालन हुने छ ।’

पोषण स्याहार अन्तर्गत एक हजार नगद पाएका सुत्केरी महिलाहरुले खुशी हुदैँ नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

ताजा समाचार