पत्रकारहरुले होली खेलेको केही रकमले अनाथालयमा सहयोग 

कञ्चनपुर/चैत १४ । कञ्चनपुरका पत्रकारहरुले होली खेलेर जुटाएको केही रकमले अनाथालयमा शैक्षिक र खेलकुद सामग्रीहरू वितरण गरेको छ ।

आज बुधबार कार्यक्रम आयोजना गर्दै कञ्चनपुरका क्रियाशील पत्रकारहरुले होली खेलेर संकलन भएको रकमबाट महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका बालकालिकाहरुलाई शैक्षिक र खेलकुद सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

पत्रकारहरुले समाजिक कार्य गने उदेश्यले होली खेलेको केही रकमबाट अनाथानालयमा शैक्षिक र खेलकुद सामग्रीहरू जस्तै,भलिवल,नेट, व्यटव्यन्डिज, फट्टा,कवर, औजार बक्स,कलम,स्केल,पेपर लगायत मिठाई वितरण गरिएको पत्रकार राजेन्द्र अवस्थीले बताए ।

उनले भने‘ कञ्चनपुरका पत्रकारहरुले रमाइलोको लागि यसपाली पहिलो पटक होली खेलेको केही रकमबाट हामीले अनाथालयमा बालबालिकाहरूलाई  शैक्षिक र खेलकुद सामग्रीहरू वितरण गरेका छौँ, उनले भने, “बाँकी रकमले भोलि बृद्धाश्रममा कार्यक्रम राखेका छौं र केही रकम पत्रकारहरुलाई अध्ययन अवलोकन भ्रमणको लागि पनि खर्च छुट्याएको बताएका छन्

शैक्षिक र खेलकुद सामग्रीहरू वितरण कार्यक्रममा पत्रकारहरु,महिला अधिकारकर्मी,अनाथालयका अध्यक्ष लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो ।पत्रकारहरुले पहिलो पटक उक्त वितरण गरेको थियो ।

ताजा समाचार