भीमदत्त नगरपालिकाको निति तथा कार्यक्रमः शव वाहान निशुल्क,‘बुक फ्री फ्राईडे’ देखी ‘मेयर अन द स्पट’ सम्मका कार्यक्रम


महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि निति कार्यक्रम प्रस्तुत गरेको छ ।

शव वाहान निशुल्क, बुक फ्रि फ्राईडे देखी ‘मेयर अन द स्पट’ सम्मका कार्यक्रम समेट्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाको आउँदो आर्थिक वर्ष ०८१/०८२ का लागि कार्यवाहाक नगरप्रमुख तथा नगरसभा उपाध्यक्ष नीलम लेखक जोशीले निति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

नगरपालिकाले आगामी आर्थिक वर्ष नगर क्षेत्रभित्र शवयात्राका लागि प्रयोग हुने शव वाहना निशुल्क उपलब्ध गर्ने, विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीहरुको रचनात्मकता प्रस्फुटन गर्न(अतिरिक्त क्रियाकलाप गर्ने) विद्यालयमा पुस्तक विहिन शुक्रवार ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम संञ्चालन गर्ने, नगरपालिकाको दुर्गम क्षेत्र, अति विपन्न, दलित, लोपान्मुख जाति, द्धन्द्ध पिडित, महामारी विपद् प्रभावित, हिंसामा परेका महिला बालवालिका, अपाङगता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति तथा साहाराविहिन व्यक्ति विषेशको हकमा ‘मेयर अन द स्पट’ कार्यक्रम प्रस्तुत गरिएको नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

प्रस्तुत निति तथा कार्यक्रममा नगरवासीको अत्यावश्यक माग, आवश्यकता र समस्या सम्बोधन गर्न ‘नगरप्रमुख पूर्वाधार विकास कार्यक्रम’,नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको पहिचान, संरक्षण र लगत तयार गरी अतिक्रमित जग्गा क्रमशः खाली गराई संरक्षण गर्ने, भीमदत्त नगरपालिकाकालाई विषादीमुक्त नगरपालिका बनाउन प्राङ्गारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहान गर्ने, युवाहरुका लागि सूचना प्रविधिमा आधारित रोजगारीलाई प्राथमिकता दिने निति अवलम्बन गरिएको नगरप्रवक्ता अवस्थीले बताए ।

यस्तै “विद्यार्थीसँग मेयर कार्यक्रम” विद्यालयहरुमा संचालन गरी स्वस्थ्य वातावरण र शैक्षिक गुणस्तर अभिवृद्धि गरिने, “जेहेन्दार विद्यार्थी छात्रवृत्ती कार्यक्रम” अन्तरगत नगर क्षेत्रका विद्यालयहरुबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तीको व्यवस्थालाई निरन्तरता दिइने ।

संस्थागत विद्यालयबाट प्रदान गरिने गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाईका साथ व्यवस्थित गरी लागू गरिने । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यार्थीहरुलाई शिक्षाका साथ–साथै व्यावसायिक ज्ञान सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप बिस्तार गरिनेछ ।

७५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने, स्वास्थ्य सेवामा सबैको पहुँचको अवधारणालाई साकार पार्न स्वास्थ्य सेवा प्रणालीको बिस्तार र सुदृढीकरण गर्दै समतामूलक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गर्न समुदाय स्तरमा शिविर र विशेषज्ञ सेवाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिनेछ ।

प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसुति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरुका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिई प्रभावकारी बनाइने लगाएतका कुरा समेट्दैँ निति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरप्रवक्ता अवस्थीले बताए ।

उनकाअनुसार समग्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेर निति कार्यक्रम प्रस्तुत भएको छ । नगरपालिकाकोे आर्थिक वर्ष ०८०/०८१ का लागि १ अर्व ९५ करोड ६९ लाख ३३ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट ३० करोड, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २४ करोड ४१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड ४० लाख ४३ हजार,संघिय सरकारबाट सशर्त अनुदान ५८ करोड १३ लाख ५० हजार,संघिय सरकारबाट राजश्व बाडफाँडको १८ करोड ७ लाख र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै समपुरक अनुदान संघिय सरकारबाट ७५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड ४६ लाख २५ हजार, विशेष अनुदान संघिय सरकारबाट १ करोड, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट १ करोड, सामाजिक सुरक्षा तर्फ ५२ करोड ५० लाख, क्षेत्रिय शहरी विकाश आयोजनाबाट २४ लाख बजेटको स्रोतको रुपमा रहने नगर प्रवत्ता अवस्थीले बताए ।

उनकाअनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक २०८१ र आर्थिक विनियोजन विधेयक २०८१, प्रस्ताव सहित पेश गरिएको छ । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम ‘नगर समृद्धमा हाम्रो हात,विकासका लागि हिडौँ साथसाथ’ भन्ने नारा सहित तय गरिएको छ ।

नगर प्रवक्ता अवस्थीले प्रस्तुत नीति, कार्यक्रम तथा बजेट अध्ययनका लागि नगर सभा सदस्यहरुलाई समय दिइएको र नगर प्रमुख नगरसभा अध्यक्ष पदम बोगटी आएपछि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट माथी छलफल एवम् पारित गरिने बताए । एक्कासी आखामा समस्या आएपछि नगरप्रमुख बोगटी आखाको अप्रेसन गरि स्वास्थ्य लाभ गरिरहेका छन् ।

Advertisementspot_img

ताजा समाचार