एसइई नतिजा ०८० ः बेलडाँडीको सरस्वती जनता मावि बैवाह पालिकामै उत्कृष्ट


बेल्डाँडी, असार १६
शैक्षिक सत्र ०८०मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(इसइई)मा बेलडाँडी गाँउपालिकाको एक सामुदायिक(सरकारी) विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ ।
बेलडाँडी गाँउपालिका ४ बैवाह स्थित जनता माविले पालिकामा उत्कृष्ट नजिता ल्याएको हो । बेलडाँडी गाँउपालिकाको तथ्याङ्क अनुसार एसइईमा सहभागि ८ विद्यालय मध्ये सरस्वती जनता मावि वैवाहले उत्कृष्ट नतिजा ल्याएको छ । बेलडाँडीका ६ सरकारी र २ निजी विद्यालय एसइईमा सहभागि भएका थिए । जसमध्ये सरस्वती जनता मावि प्रथम भएको छ ।
सरस्वती जनता माविमा ६१ विद्यार्थी मध्ये, ३८ अर्थात ६२.३० प्रतिशत उर्तिण भएका छन । नन ग्रेटमा २३ र ग्रेटबृद्धिमा १७ विद्यार्थी रहेका छन । सरस्वती मावि वैवाहका प्रद्यानाध्यापक दिपेन्द्र बहादुर बुढाले पालिकामा सबैभन्दा बढी विद्यार्थी संख्या उर्तिण गर्न सफल भएको बताए ।
प्रअ बुढाका अनुसार दुई छात्रा र १ छात्रले उत्कृष्ट स्थान हासिल गरेको छ । अन्जली चौधरीले ३.६४विशाल ओखेडाले ३.४८ र राम कुमारी चौधरीले ३.४ग्रेट ल्याएर विद्यालयमै उत्कृष्ट स्थान हासिल गरेको बताए । ९विद्यार्थीले ३जिपिए भन्दा बढि ग्रेट ल्याएका छन । सबै भन्दा कम २.२५जिपिए आएको छ ।
प्रअ डेढ महिना अतिरिक्त कक्षा संचालन गरेर विद्यालयमै पठन पाठन गरेर कक्षा संचालन गरिएको बताए । ‘हामीले विद्यार्थीलाई मोवाईलदेखि अन्य खाली समय घुम्नफेर्नका लागि मौका नै दिएनौँ, ‘प्रअ बुढाले भने, ‘निरन्तर पढाईमा केन्द्रीत भयौँ ।’
प्रअ बुढाले अभिभावको केयर, विद्यार्थीको गलनशिलता र शिक्षकको मेहनत विद्यालय प्रशासनको योजना एव बेलडाँडी ४ वडा कार्यालय सहितका सरोकारवालाको सहयोगले सबैभन्दा बढी विद्यार्थी उर्तिण हुन सफल भएको बताए । आगामी बर्षमा थप मेहनत गरेर उर्तिण विद्यार्थी संख्या बृद्धि गर्ने प्रअ बुढाको प्रतिबद्धता छ ।
दोस्रोमा बेलडाँडी गाँउपालिका १झर्नासागर स्थित सरस्वती मावि रहेको छ । ७९ विद्यार्थी मध्ये, ३१ विद्यार्थी उर्तिण अर्थात ३९.२४प्रतिशत विद्यार्थी उर्तिण भएका छन । ४८अनग्रेट र २७ग्रेटबृद्धिमा परेका छन । सिद्धनाथ मावि चौफेरी खैरिघाट तेस्रो स्थानमा आएको छ । ५६ विद्यार्थी मध्ये, १७ उर्तिण, ३९नन ग्रेट र २३ग्रेटबृद्धिमा परेका छन ।
बेलडाँडीको निजी विद्यालय कञ्चन ग्यालेक्सीको उर्तिण प्रतिशत बढी अर्थात ५३.३३ भएपनि सरकारी विद्यालयको तुलनामा विद्यार्थी संख्या निकै कम १५ मात्रै रहेका छन । १५ मध्ये ८ उर्तिण ३ग्रेटबृद्धिमा परेका छन ।
यद्यपी बेलडाँडीको समग्र एसइई नतिजा कमजोर चिन्ताजनक रहेको छ । एसइईमा सहभागि मध्ये ३०प्रतिशत मात्रै उर्तिण भएका छन । ८ विद्यालयका कुल ३सय ९२विद्यार्थी मध्ये १सय १५जना मात्रै उर्तिण भएका छन । बेलडाँडीका शिक्षा जानकारहरुका अनुरसार शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सहितका सरोकारवाला निकायले चिन्ता, चासो, गम्भिरता एव आ–आफ्नो क्षेत्रबाट जिम्मेबारी बहानमा साझा प्रयास आवश्यक रहेको औल्याएका छन ।

ताजा समाचार