१११ औँ विपि जयन्तीः कांग्रेस कञ्चनपुरद्धारा विरामीहरुलाई फलफुल वितरण

महेन्द्रनगर । नेपाली कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरेर नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपि) कोइरालाको जन्मजयन्ती मनाइदैँ छ ।

नेपाली कांग्रेस कञ्चनपुरले समेत विरामीहरुलाई फलफुल वितरण गरी विपि जयन्ती मनाएको छ । कांग्रेस कञ्चनपुरले विपि जयन्तीको अवसरमा भीमदत्त नगरपालिका–०४ महेन्द्रनगर स्थित विपि कोइरालाको सालिकमा माल्यार्पण, गरे पश्चात महाकाली प्रादेशिक अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरेको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरका सभापती एवम् भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नेपाली कांग्रेस कञ्चनपुरका पूर्व सभापती, पदाधिकारी लगाएत कांग्रेसका नेता, निर्वाचित जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार