कांग्रेसको एक सय दिने विशेष सांगठनिक अभियानः केन्द्रिय सदस्य वड र कांग्रेस कञ्चनपुरका सभापती बोगटी बिच छलफल

महेन्द्रनगर । नेपाली कांग्रेसले एक सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पार्टीको केन्द्रिय कार्य समितिको निर्णय बमोजिम कञ्चनपुरमा एक सय दिने विशेष सांगठनिक अभियान सञ्चालनका विषयमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नृप बहादुर वड र नेपाली कांग्रेस कञ्चनपुरका सभापती पदम बोगटी बिच छलफल भएको छ । कांग्रेसले उक्त अभियानमा केन्द्रिय सदस्य वडलाई कञ्चनपुरका लागि केन्द्रिय प्रतिनिधिका रुपमा खटाएको छ ।

छलफलमा असोज ११ गते एक सय दिने विशेष सांगठनिक अभियान संञ्चालनका विषयमा जिल्ल पार्टी कार्यालय कञ्चनपुरमा बैठक बस्ने र त्यसपछि जिल्लामा अभियान संञ्चालन गर्ने लगाएतका विषयमा छलफल भएको बताइएको छ । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गरिएको केन्द्रिय सदस्य वडले बताए ।

त्यस्तै अभियानका दौरान विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पनि अभियान गर्न लागिएको कांग्रेसले जनाएको छ ।

उक्त छलफलमा नेपाली कांग्रेस कञ्चनपुरका उप सभापति मीन बहादुर सिंह, सचिव भीमराज भट्ट, सहसचिव नाफु साउँद, भीमदत्त नगर सभापती अच्युत कलौनी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार