बाढी जोखिमः भीमदत्त नगरले ग¥यो महाकाली नदि किनारमा नगरप्रहरी परिचालन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदि किनारमा नगरप्रहरी परिचालन गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको सुचनाअनुसार केहि दिन वर्षा हुने र बाढी आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार तथा बाढी जोखिमका विषयमा जानकारी लिन नगरपालिकाले महाकाली नदि किनारका वडा नम्बर ११, १२ र १३ मा नगरप्रहरी परिचालन गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिममा अझै केहिदिन मध्यम देखी भारी वर्षा पर्ने र बाढी आउनसक्ने सम्भावना रहेको कुरालाई मध्यनजर गर्दै विपद् पूर्वतयारी अन्तर्गत महाकाली नदि किनारका वडाहरुमा नगरप्रहरी परिचालन गरिएको भीमदत्त नगर प्रहरी इकाई प्रमुख तथा नगर प्रहरी सहायक निरिक्षक सुरेन्द्र बोहोराले बताए ।

उनकाअनुसार कार्यालयसंग उपलब्ध उद्धार सामाग्री सहति नगरप्रहरी खटिएका छन् । केही समस्या परेमा तपशिलका नम्बरमा सम्पर्क गर्न नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ ।
तपशिलः
पुष्कर भट्ट– भीनपा–११– ९८२२७००२६५
भुवन नाथ –भीनपा–१२– ९८२२७००२१५
वसन्त ठगुन्ना– भीनपा–१२– ९८२२७००२२६
केशब चन्द–भीनपा–१३– ९८६५७९०७९७
विवेक शाह–भीनपा–१३– ९८४९८११६७५
नगर प्रहरी इकाई कार्यालय– ०९९–५२१८९१

ताजा समाचार