भीमदत्त नगरद्धारा प्रदेश प्रमुख जोशीलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीलाई सम्मान गरेको छ । मंगलवार एक कार्यक्रमका विच नगरपालिकाले प्रदेश प्रमुख जोशीलाई सम्मान गरेको हो ।

भीमदत्त नगरपालिका–१८ निवासी प्रदेश प्रमुख जोशी भीमदत्त नगरपालिकाका पहिलो नगर प्रमुख समेत हुन् । भीमदत्त नगरको पहिलो नगरप्रमुख तथा नगरवासी जोशी प्रदेश प्रमुख जस्तो गरिमामय पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै नगरपालिकाले सम्मान गरेको हो ।

कार्यक्रममा नगरप्रमुख पदम बोगटीले प्रदेश प्रमुख जोशीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै भीमदत्त नगरवासी र यस पालिकाको पहिलो नगरप्रमुख कर्णाली प्रदेशको प्रदेश प्रमुखको रुपमा पाउँदा गर्व महशुस भएको बताए ।

प्रदेश प्रमुख जोशीले नगरपालिकाले दिएको माया, ममता र सम्मानले खुशी लागेको भन्दैँ नगरप्रमुख बोगटीको पहल प्र¥यास र सम्पूर्णको माया ममताले आफु यो ठाउँमा आएको बताए ।

‘म यो नगरको नगर प्रमुख हुँदा बहुदलले उमालेका जनताका माग चाहाना सम्बोधन गर्न धेरै गाह्रो थियो ।’ उनले भने ‘त्यो बेला सिमित स्रोत साधनका बिच सबै मिलेर इमान्दारीताका साथ काम ग¥यौँ ।’ उनले अगाडी भने ‘अहिलेका जनप्रतिनिधिहरुले समेत त्यही बाटोमा काम गरिरहनु भएको छ । तपाईहरु निर्विवादित रुपमा आफ्नो कार्यकाल पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दैँ भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले भीमदत्त नगरका पहिलो नगरप्रमुखलाई प्रदेश प्रमुखको रुपमा पाउँदा खुशी लागेको बताइन् ।

प्रदेश प्रमुख जोशीलाई खादा,माला तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नगर प्रवक्ता पदमराज अवस्थी, वडाध्यक्षहरु, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

oplus_0
oplus_0
oplus_0
oplus_34
oplus_2

ताजा समाचार