भीनपा–०६ उप–निर्वाचनः कांग्रेसले दियो धन्यवाद

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्बर ०६ मा सम्पन्न उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएको छ ।

मंगलबार नेपाली कांग्रेस कञ्चनपुरले विज्ञप्ति जारी गरेर शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ ।

कांग्रेसले आफ्ना उम्मेद्धवार प्रकाश चन्दलाई अमुल्य मत प्रदान गरी विजयी गराएकोमा वडावासीहरुलाई समेत आभार तथा कृतज्ञता सहित धन्यवाद व्यक्त गरेको छ ।

‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छौँ’, कांग्रेस कञ्चनपुरका सभापती पदम बोगटी र सचिव भीमराज भट्टको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ ‘निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरूप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।’

पार्टीले निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने तथा पार्टीका नेता कार्यकर्ता सबैलाई बधाई सहित धन्यवाद व्यक्त समेत गरेको छ ।

spot_img

ताजा समाचार