सदस्यता वितरण तथा सुझाव संकलन गर्दै नेविसंघ

महेन्द्रनगर । नेपाल विद्यार्थी संघले १२ औँ महाधिवेशनलाई मध्यनजर गर्दै देशभर सदस्यता वितरण तथा सुझाव संकलन अभियान शुरु गरेको छ ।

नेविसंघले उक्त अभियानका लागि प्रत्येक जिल्ला तथा विश्वविद्यालय एवम् क्याम्पसमा प्रतिनिधि खटाएको छ । सोही अभियान अन्तर्गत कञ्चनपुरमा समेत नेपाल विद्यार्थी संघले सदस्यता वितरण तथा सुझाव संकलन अभियान शुरु गरेको छ ।

नेविसंघले कञ्चनपुरमा मंगलवार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसबाट उक्त अभियानको शुरुवात गरेको हो । केन्द्रिय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सदस्यता वितरण तथा उनिहरुबाट सुझाव संकलन गरिएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस प्रतिनिधि सञ्जय अधिकारीले बताए ।

‘विद्यार्थीहरुको हक अधिकारका पक्षमा र विभिन्न विकृति, भष्ट्राचारका विरुद्ध आवाज उठाउदैँ लड्दैँ आएको नेविसंघले आफ्ना कामलाई थप प्रभावकारी बनाउन सदस्यता वितरण र सुझाव संकलन गर्न लागेको हो ।’ उनले भने ‘यो अभियानलाई समर्थन गर्दै जिल्लाभरका विद्यार्थीहरु उत्साहित हुनुभएको छ ।’

ताजा समाचार